अम्रिसो खेतीबाट फेदीखोला गाउँपालिकाका १५३ घर लाभान्वित

समाधान संवाददाता २०७५ चैत २८ गते १४:२४

सुशील सुवेदी
वालिङ

वन जंगल गएर घाँस दाउरा गर्ने चलन हराएसँगै वनमा उन्यु तथा झाडी बढेको छ । उनुत्पादक झाडीलाई व्यवस्थापन गर्दै फेदीखोला गाउँपालिकाको सामुदायिक वनले भने नमुना कार्य गरेको छ ।

वन जंगलमा हुने अनावश्यक झाडीलाई व्यवस्थापन गर्दै उत्पादनमुखी बिरुवा लगाउन फेदीखोला गाउँपालिकाको चिप्लेटी नमुना सामुदायिक वन उपभोक्ता समूह लागिपरेको छ ।

Advertisement

अहिले झाडी, उन्यु तथा अस्तव्यस्त झार पन्छाएपछि वनको मुहार नै फेरिएको छ । यस वनापाखामा लह लह अम्रिसो झुलेको देखिन्छ । उत्पादन नहुने वस्तुलाई विस्थापित गर्दै उत्पादनमुखी अम्रिसो लगाएपछि यहाँका १५३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

फेको फ्यानको वन तथा वातावरण कार्यक्रम अन्तर्गत यस समूहमा आबद्ध १५३ घरधुरीले सामूहिक अम्रिसोको खेती सामुदायिक बनमा गरेका हुन् । समूहमा आबद्ध घर परिवारको जीविकोपार्जन गर्दै आयआर्जनमा सक्रिय बनाउन उपभोक्ता समुहले यहाँको २ हेक्टर क्षेत्रफलमा अम्रिसो लगाएको समूहका अध्यक्ष दीपेन्द्र सुवेदीले बताए ।

Advertisement

सुवेदी भन्छन्, ‘यहाँका स्थानीयले सामुदायिक वनमा मात्र होइन, निजी फालिएका जमिनमा समेत अम्रिसो लगाएका छन् ।’ झाडी वनमा उनुत्पादक झार, उन्युलाई सफा गर्दै जैज्ञानिक वन व्यवस्थापन गरिएको समूहको भनाइ छ ।

तर चिप्लेटी सामुदायिक वनले भने उनुत्पादक बिरुवालाई आयआर्जन सँग जोड्दै गर्दा फेदिखोला गाउँपालिकाले सामदायिक वनका समूहलाई लघुउद्यम तालिम र उत्पादन भएका बस्तुको बजार ग्यारेण्टी गरिदिने पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘कृिष क्षेत्रमा गाउँपालिका अग्रसर भएको बताउँदै सुवेदीले भने, ‘कृषकले ढुक्कसँग उत्पादन गरे हुन्छ, बजारको चिन्ता लिनुपर्दैन ।’

स्याङजा जिल्लाभर ५१८ सामुदायिक वन सूचीकृत भएपनि डिभिजन वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापनको कार्य योजना निर्माण गर्दै छ । जिल्लाका ५ सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन निर्माण हुने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया