ब्यूरोको विशेष आग्रहमा नेपालमा पब्जीमाथि प्रतिबन्ध
समाधान संवाददाता
२०७५ चैत २८ गते १७:२२

समाधान सम्वाददाता
नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।
प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको छ ।
पब्जी अनलाइनमा गेम हो । धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ । यसअघि भारतका विभिन्न स्थानमा यो गेम प्रतिबन्ध लगाएको हो ।
केही दिनअघि मात्रै एक अभिभावको समूह महानगरीय प्रहरी अपराध महाशाखामा आएर उक्त खेल प्रतिबन्ध लगाइदिन भन्दै आग्रह गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया