पण्डितले कड्किँदै भनेः उपचार नगर्ने डाक्टरलाई माया मानिन्न

समाधान संवाददाता २०७५ चैत २८ गते १७:३४

समाधान सम्वाददाता

सरकारले आन्दोलनरत चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उपचार सेवा रोक्ने चिकित्सकलाई सरकारले दयामाया नगर्ने बताएका हुन् । बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चालन गरिने उनको भनाइ छ ।

Advertisement

खटाएको ठाँउमा नजाने चिकित्सकहरुलाई कानून अनुसार कारवाही अघि बढाउने उनको भनाइ थियो । पेशागत मर्यादा भन्दाबाहिर गएर चिकित्सकले राखेका माग पुरा हुन नसक्ने पनि मन्त्री पण्डितले स्पष्ट पारे ।

उनले समायोजनको विरोधमा सरकारी चिकित्सकले गरेको आन्दोलन संघीयता विरोधी रहेको पनि दावी गरे ।

Advertisement

चिकित्सकहरुले विदेश बसेर नेपालमा तलव खाने गरेको, नीजि क्लिनिक र नीजि अस्पतालमा मात्रै बढि ध्यान दिने आरोप समेत उनको थियो ।

तपाईको प्रतिक्रिया