कुश्मामा निर्माणाधीन पूर्वाधारको अनुगमन

रामकृष्ण लामिछाने
पर्वत
कुश्मा नगरपालिकाले गाउँगाउँमा निर्माणाधीन पूर्वाधारको अनुगमन गर्न अभियान सुरु गरेको छ । आव ०७५÷०७६ मा नगरपालिकाका १४ वटै वडामा विभिन्न शीर्षकका आयोजना सुरु भएका थिए । केही वडाले आयोजना सम्पन्न गरिसकेकमा छन् ।
नगरपालिकाले सडक, खानेपानी बिजुली, विद्यालय भवन लगायत पूर्वाधार निर्माणमा करोडौं विनियोजन गरेको थियो । आवश्यकताका आधारमा नगरपालिकाको कार्यपालिकामार्फत बजेट विनियोजन गरेको उपप्रमुख सीता काफ्ले लामिछानेले बताइन् । कुश्मा नगरपालिकामा कुश्माबजारबाहेक सबै सडक कच्ची छन् । अन्यत्र पक्की सडक पुगेको छैन । खानेपानीदेखि विद्यालयका समस्या धेरै छन् । नगरपालिकाले सबै आवश्यकता पु्रा नगरे पनि साना योजनाको सम्बोधन गरेकोे छ ।
नगरपालिकाले योजनाहरु निरन्तर अनुगमन गरी बढी आवश्यक पर्ने ठाउँलाई प्राथमिकता दिएर योजना सञ्चालन गरेको उनले बताइन् ।
कुश्मा नगरपालिका १० मा सडक स्तरोन्नति र १२ मा सडक निर्माण भइरहेको छ । स्थानीय नागरिक हेम शर्माले भने,‘ नगरपालिका बनेको गाउँमा खानेपानीको समस्या समाधान हुन सकेको छैन । ’
नगरपालिकाले अहिले खानेपानी नभएको ठाउँमा खानेपानीको सुविधा पुर्याउन, सडक सहज बनाउन, सिचाइको सुविधा दिन तल्लीन रहेको बताउँछ । नगरवासीको विकासको चाहनासँगै पूर्वाधारको गुणस्तरमा विशेष ध्यान छ ।
नागरिकको चाहना बढी र बजेट कमी भएका कारण नगरपालिकाले आवश्यकता अनुसारको काम गर्न नसकेको नगरपालिकाले जनाएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आएको नेताहरुले बताइरहँदा अहिलेसम्म पनि सिंहदरबार गाउँमा आएको महशुस गर्न नपाएको नगरवासीले गुनासो गरेका छन् ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया