यू–१९ विश्वकप छनोटः नेपालको शानदार सुरुवात

समाधान संवाददाता २०७५ चैत २९ गते १४:३१

समाधान संवाददाता, काठमाडाैं

नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ । २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । 

नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिए । थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए ।

Advertisement

सिंगापुरको विकेट पतन

पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए । चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए ।

Advertisement

सातौं ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए । देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए ।

१३ औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे । उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८  रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए ।

१७ औं ओभरको चौथो बलमा प्रमेश सिंगावि रन आउट भए । कुशलकै बलमा सागर ढकालले प्रवेशलाई रन आउट गराए । उनले २९ बल खेल्दै ७ रन बनाए ।

२२ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका रासिद खानले नेपाललाई पाँचौ सफलता दिलाए । उनले २२ औं ओभरको तेस्रो बलमा बिनित मेहतालाई पवन सरार्फको हातबाट क्याच गराए । मेहताले १५ बल खेल्दै २ रन जोडेका थिए ।

२३ औं ओभरको अन्तिम बलमा पवन सरार्फले नेपाललाई छेठौं सफलता दिलाएका छन् । पवनले सिंगापुरका राउल शर्मालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । शर्माले ७ बल खेल्दै कुनै पनि रन बनाउन सकेनन् । यो सँगै पवनले २ ओभर बलिङ गर्दै दुबैमा मेडन राखेर १ विकेट लिए।

२७ औं ओभरको अन्तिम बलमा पवनले व्यक्तिगत दोस्रो विकेट लिए । उनले सिंगापुरका चन्द्रमाओली श्रीदेवलाई सन्दिप जोराको हातबाट क्याच गराए । श्रीदेवले १० बल खेल्दै १ रन जोडे ।

३० औं ओभरको अन्तिम २ बलमा सूर्य तामाङले लगातार दुई विकेट लिए । पाँचौ बलमा तामाङले सिंगापुरका ईशान सान्वीलाई भीम सार्कीको हातबाट क्याच आउट गराए । सान्वीले सिंगापुरका लागि सर्वाधिक २८ रन जोडे । ५४ बल खेलेका उनले ४ चौका र एक छक्का हिर्काएका थिए । 

लगत्तै ३० औं ओभरको अन्तिम बलमा तामाङले अथर्भ गुनेलाई पवन सरार्फको हातबाट क्याच आउट गराए । गुने ७ बल खेल्दै शून्यमा आउट भए । 

३१ ओभरको अन्तिम बलमा प्राणव शुदर्शनलाई आउट गराउँदै सिंगापुरको इनिङ्स सकाए । सुदर्शनले ६ बल खेलेर शून्य रन बनाए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

सुरुवात राम्रो नगरेको नेपालका लागि ओपनर रित गौतम १ रन बनाएर तथा तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाएर आउट भएका थिए ।

त्यसपछि तेस्रो विकेटको लागि ओपनर पवन सर्राफले कप्तान रोहित पौडेलसँग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० कटाए ।

१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए । उनले ५३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

सर्राफको विकेट लगत्तै सन्दिप जोरा खाता नखोली आउट भए ।

त्यसपछि भिम शार्कीले १९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए । त्यसपछि आएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर आउट भए ।

त्यसपछि सातौं विकेटको लागि नवौं नम्बरमा आएका राशिद खानसँग रोहितले ७७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० कटाए । राशिद अर्धशतक बनाउन २ रनले चुके । उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए ।

त्यसपछि रोहितले आठौं विकेटका लागि कमल सिंह ऐरीसँग ३७ रनको साझेदारी गरे ।

शतकको नजिक पुगेका रोहित ४६ औं ओभरमा आउट भए । ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १०५ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

रोहितको विकेटपछि ३१ रन बनाएर ऐरि पनि आउट भए। उनले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे । त्यसपछि ४६ औं ओभरको पाँचौ र छैठौ बलमा लगातार विकेट गुमाउँदै ४६ ओभरमा २८२ रनमा अलआउट भयो ।

सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए । यस्तै राउल शर्मा र भिनित मेहताले समान २/२ विकेट लिए ।

तपाईको प्रतिक्रिया