२५ हजार घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण लिस्टबाट हटाइयो
समाधान संवाददाता
२०७५ चैत ३० गते ९:४६

समाधान सम्वाददाता
घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।
हजारौँ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दै गृह मन्त्रालयले उनलाई विभूषणका लागि छनोट गरेको थियो ।
सम्बन्धित








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया