लुक्लामा समिट एयर दुर्घटनाः दुईकाे मृत्यु, ५ घाइते

समाधान संवाददाता २०७६ वैशाख १ गते ९:५१

फाइल तस्बिर

समाधान सम्वाददाता

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाण्डाै‌ं उड्ने क्रममा समिट एयरकाे जहाज दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।

Advertisement

लुक्लाबाट प्रत्यक्षदर्शीले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा एकजना प्रहरी रहेका छन् । दुर्घटनामा ५ जना घाइते भएकाे र उनीहरुलाई हवाइजहाजमार्फत उपचारार्थ राजधानी पुर्‍याइएकाे छ ।

समिटकाे जहाज ह्यांगरमा रहेकाे हेलीसँग ठाेक्किँदा दुर्घटना भएकाे बताइएकाे छ । विमानमा रहेका कुल यात्रुकाे संख्या यकिन भइसकेकाे छैन ।

Advertisement

घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया