ओम शान्ति जोमसोमद्धारा नव वर्ष सुभकामना आदानप्रदान

समाधान संवाददाता २०७६ वैशाख १ गते १३:५२

सुन्दरकुमार थकाली
मुस्ताङ

ब्रम्हकुमारी राजयोग ओम शान्तिले आज नयाँ वर्ष सुभारम्भको अवसर पारेर एक सुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

जोमसोम स्थित ओम शान्ति आश्रममा भएको सुभ–कामना आदानप्रदान,स्नेहमिलन तथा सशवध्वजारोह कार्यक्रममा घरझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका अगुवा,शिक्षक,कर्मचारी र ओम शान्तिमा आवद्ध सदस्य लगायतको उपस्थिती रह्यो । कार्यक्रममा ओम शान्तिका कृष्ण मगरले मानव जिवन संम्वन्धि दर्शनको प्रवचन सुनाए ।

Advertisement

उनले नयाँ वर्षले समस्त मनुष्य जगतलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस ,खराब आचरण र स्वभावलाई पन्छ्याएर स्वाबलम्बी नागरिक भएर जिवन समेत आग्रह गरे । ‘जन्मेपछि मृत्यु अपरिहार्य हुन्छ । मरेपछि सबै माटोमा बिलिन हुने हो ,उनले भने,‘अरुलाई कुल्चिएर अघि बढ्नु र अरुलाई दुखाएर आफ्नो अभिष्ट प्राप्त गर्नु पाप ठहर्छ । नयाँ वर्षले हाम्रो आँचरण र स्वभावमा परिबर्तनको पाईला तर्फ उन्मुख रहुन् ।’ उनले धर्मका बिभिन्न गन्तब्य र भगवानका बिभिन्न रुपमा अथ्र्याईपनि भगवान एक भएको बताए । हामी हिड्ने गन्तब्य र बिचार फरक भएपनि सैद्धान्तिक आस्था र बिचारले मनुष्य सर्तकर्मको मार्ग अवलम्बन हुने जनाए ।

गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले नयाँ वर्षले आपसका पूर्वाग्रह त्याग्दै तेरो र मेरो भन्ने भावनालाई छाडेर हाम्रो भन्ने सोचको बिकास हुँने सके समाजिक रुपान्तरमा योगदान पुग्ने बताए । प्रजिअ गंगाबहादुर क्षेत्रीले डाहा,क्रोध र महोत्काँक्षी पनाले समाज र बिश्व द्धन्द तर्फ उन्मुख भईरहेको उल्लेख गरे । उनले जबसम्म समाजमा ईष्र्या,बैमनस्यता, प्रलोभन र महोत्काँक्षा बढ्दै जान्छ सभ्य समाजको परिकल्पना गर्न नसकिने जनाए ।

Advertisement

ओम शान्तिले आयोजना गरेको कार्यक्रममा एकआपसमा सुभकामना आदान प्रदान र स्नेहमिलन गरिएको हो । संसारिक दुनियाँमा मरेपछि सबै माटोमा बिलिन हुने र बाचुन्जेल सम्म राम्रा काम र सर्तकर्ममा जिउन प्रेरणा मिसोस भन्ने कामना गरियो । मनुष्य जस्तै, संसारका संम्पूर्ण जिवजन्तु र प्राकृतिक संरचना एकै भएकाले मनुष्यमा मात्र होईन यी सबै प्रतीको संरक्षणमा योगदान दिनुपर्नेमा ओम शान्तिका सदस्यहरुले सुझाए ।

कार्यक्रममा सहभागीहरुले मानव सत्प्रेरणा सम्वन्धि कार्ड बितरण गरिएको थियो । ओम शान्तिका कृष्ण मगरले कार्ड अनुसारको कर्म गर्न नयाँ वर्ष सफल रहोस् भन्दै सोही अनुसार लाग्न अनुरोध गरे । कार्यक्रममा ओम शान्ति प्रति आस्था राख्ने करिव ५० जनाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया