पर्वतका स्वास्थ स्वयंसेविकाहरुद्वारा मासिक भत्ता पाउनुपर्ने माग

समाधान संवाददाता २०७६ वैशाख १ गते १४:००

समाधान संवाददाता, पर्वत

पर्वतका महिला स्वास्थ्य स्वयंसेविकाले मासिक प्रोत्साहन भत्ता दिनुपर्ने माग गरेका छन् । कुस्मा नगरपालिका अन्तर्गत स्वयंसेविका शोभा पौडेलले समूहमै आएर आफूहरुलाई विभेद भएको गुनासो पटकपटक वडा र नगरपालिकामा गरे पनि सम्बोधन हुन नसकेको सुनाइन् । उनले भनिन्, ‘हामीले स्वास्थ्य शिवरमा दिन रात नभनी काम गरेका छौं, तर रित्तो हात फकर्नुपरेको छ ।’

कुस्मा नगरपालिकाकी उपमेयर सीता काफ्ले लामिछाने अनुगमनमा पुग्दा महिला स्वयंसेविकाले दुख पोखेका थिए । ‘पहिला वडा कार्यालय हँुदा समस्या थिएन, अहिले स्थानीय सरकार आइरहँदा श्रमशोषण भएको छ,’ स्वयंसेविकाहरुले भनेका थिए ।

Advertisement

उपमेयर लामिछानेले उनीहरुको गुनासो सुनुवाइ गर्ने आश्वासन दिइन् । महिला स्वयंसेविका समस्या समाधानमा कार्यपालिका बैठकबाट माग सम्बोधन गर्न आफूहरु एकमत हुनुपर्ने सदस्य देबेन्द्रबहादुर नेपालीले बताए । उनले भने, ‘नेपाल सरकारले स्वास्थ्यको क्षेत्रमा नीति नबनाउँदा समस्या भएको छ ।’

जिल्लाको जलजला गाउँपालिकामा ७३, कुस्मा नगरपालिकामा १ सय, मोदी गाउँपालिकामा ७३, फलेबास नगरपालिकमा ९९, पैंयू गाउँपालिकामा ७२, विहादी गाउँपालिकामा ७२, महाशिला गाउँपालिकामा ७२ गरी ५ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविका पर्वतमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया