आदर्श समाज संस्थाको पदस्थापन

समाधान संवाददाता २०७६ वैशाख २ गते ११:४७

समाधान संवाददाता, पोखरा

आदर्श समाज सामाजिक संस्थाको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा नववर्षको शुभकामना आदानप्रदान आइतबार भएको छ ।

संस्गामा २ वर्षको लागि भीमदेव शर्मा ढुंगानाको अध्यक्षतामा समिति चयन भएको छ । उपाध्यक्ष लक्ष्मी कोइराला (पुरानोधारा), सचिव लक्ष्मी कोइराला (डाँडाघर), सहसचिव शान्ता बास्तोला, कोषाध्यक्ष विश्वप्रकाश कोइराला, सहकोषाध्यक्ष सुमित्रा कोइराला, सदस्य शिवप्रसाद कोइराला, जानुका कोइराला, वासुदेव कोइराला, सुन्दरमणि कोइराला र इन्दिरा कोइराला रहेको समिति चयन भएको छ ।

Advertisement

कार्यक्रममा पूर्वअध्यक्ष शिवप्रसाद कोइरालाले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए । निवर्तमान अध्यक्ष विजयलक्ष्मी कोइराला तथा पूर्व अध्यक्षहरु कृष्णप्रसाद कोइराला, वसन्तराज कोइराला, चन्द्रनाथ कोइराला, शभ्भुराज बास्तोला र सूर्यनाथ कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया