नयाँ वर्षकाे अवसरमा युनाइटेड क्लबद्वारा बिरामीलाई सहयोग

समाधान संवाददाता २०७६ वैशाख २ गते १४:२१

समाधान संवाददाता

पोखराको युनाइटेड क्लबले आर्थिक अभावमा उपचारमा समस्या भएका बिरामीलाई सहयोग गरी नयाँ वर्ष मनाएको छ । क्लबले ९ औं वार्षिकोत्सवको अवसरमा मणिपाल हस्पिटलमा उपचाररत बाग्लुङ जैमिनी नगरपालिका १० राङखानीका ५१ वर्षिय मिमबहादुर श्रीषलाई नगद २० हजार प्रदान गरेको हो ।

१ महिनादेखि छालाको दुर्लभ रोग पेमफिगस भल्गारिसबाट पीडित श्रीषलाई आर्थिक अभाव भएपछि क्लबले सामाजिक काम स्वास्थ्य क्षेत्र अन्तर्गत नगद सहयोग गरेको अध्यक्ष लालकाजी गुरुङले वताए । गुरुङसहित क्लबका पदाधिकारीले श्रीषलाई सहयोग हस्तान्तरण गरे ।

Advertisement

श्रीषको उपचारका लागि अस्पताल प्रशासनको पनि क्लबले ध्यानाकर्षण गराएको छ । उनको उपचारका क्रममा २ लाख ५० हजार खर्च भइसकेको छ । अझै २ वर्ष उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न चाहनेले ग्लोबल आइएमइ बैंकको खाता नम्बर ००९००००२५६१० मा मिमबहाद्र श्रीषको नाममा रकम जम्मा गर्न सक्नेछन् ।

क्लबले वार्षिकोत्सवको अवसर पारी मकवानपुर फापरवारी ३ घर भई हाल अमरसिह बस्ने मृगौला पीडित काठमाडांैमा उपचाररत धनबहादुर आलेमगरलाई ५ हजार, मृगौला प्रत्यारोण गरिएकी नवलपरासी गैडाकोट नगरपालिका १ की इन्द्रकुमारी पौडेललाई १५ हजार नगद सहयोग गरेको क्लबकास्वास्थ्य संयोजक जयराम आचार्यले बताए ।

Advertisement

क्लबले वार्षिकोत्सवको अवसरमा वैशाख ७ गतेसम्म विभिन्न सामाजिक काम गर्ने महासचिव शान्तबहादुर थापाले जानकारी दिए । वैशाख २ गते आरोग्य धाम आश्रम पोखरा १५ टुटुंगामा खाद्यान्न वितरण, ३ गते सेती नदी संरक्षणसम्बन्धी अन्तक्र्रिया, ४ गते कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माविमा खेलकुद सामग्री वितरण, ५ गते कुँडहर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, ६ गते क्लबका पदाधिकारी तथा आजीवन सदस्यलाई तालिम र ७ गते नवौं वार्षिकोत्सव मनाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया