आलु महोत्सवमा ६५ हजार दर्शक

समाधान संवाददाता २०७६ वैशाख २ गते १४:३९

समाधान संवाददाता
पोखरा

हेमजा स्थित विष्णुपादुका क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको १० औं राष्ट्रिय हेमजा आलु महोत्सव आइतबार सकिएको छ । १० दिनसम्म चलेको उमहोत्सव ६५ हजार दर्शकले अवलोकन गरेको स्वयम्सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले जानकारी दिए । महोत्सवमा २५ लाखको आलु कारोबार भएको झाँकी तथा खरिद बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाको भनाइ छ ।

समापन समारोहमा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महोत्सवको सन्देशलाई देशैभर पु¥याउनुपर्नेमा जोड दिर्दै हेमजा कृषिका लागि गण्डकी क्षेत्रकै नमुना ठाउँ भएको चर्चा गरे । उनले प्रदेशले भूउपयोग नीति ल्याउने तयारी गरेको बताए । जग्गाको खण्डीकरणलाई रोक्नुपर्ने तथा विशेषताका आधारमा जमिनको वर्गीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

वडाध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु चिनाएको दावी गर्दै अबदेखि वडाले हेमजा क्षेत्रमा प्लटिङका लागि अनुमति नदिने प्रष्ट पारे । उनले स्थानीय जंगलको सदुपयोग गर्नुपर्ने भन्दै जंगलमा भएका कुकाठका बोट हटाई औषधीजन्य विरुवा उत्पादन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

पूर्व सांसद शारदा पौडेलले हेमजा कृषिका लागि नमुना ठाउँ भएको भनाइ राखिन् । उनले हिजोआज हेमजा क्षेत्रमा बढ्दो सहरीकरणका कारण हेमजाको आलु गाउँको अस्तित्व संकटमा पर्न सक्नेप्रति सचेत गराइन् । सो अवसरमा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, महोत्सवका सल्लाहकार रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले बोलेका थिए ।

Advertisement

महोत्सव अन्र्तगत भएको राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधीघर पोखरा द्वितीय साथै दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भए ।

रत्यौली प्रतियोगितामा नमुना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, इन्द्रेणी आमा समूह सान्त्वना भएका छन् भने राधाकृष्ण आमा समूहको लुठो उत्कृष्ट घोषित भएको छ ।

महोत्सवमा आइतबार लोकदोहोरीतर्फ ऋषि अधिकारी, सुरेन्द्र गुरुङ, माया केसी, शिवहरि ढुंगाना, मिना अधिकारी, शंकर पन्त, राजेन्द्र पोख्रेल, हास्यतर्फ लक्ष्मण ढुङगाना लगायतले प्रस्तुित राखेका थिए ।

मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लबका उपाध्यक्ष सुविन श्रेष्ठ र मूल आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठले पनि धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया