१७ जना बालबालिका तथा किशोरीले सिके अभिनय

समाधान संवाददाता २०७६ वैशाख २ गते १४:४२

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रमको आयोजनामा बालबालिका तथा किशोरीले अभिनयय कला सिकेका छन् । पोखरा महानगरपालिका, किडासा र सिविसको सहकार्यमा सञ्चालित ४ दिने कार्यशालामा १७ जना सहभागी थिए ।

कार्यक्रम समापनमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बालबालिका तथा किशोरीका लागि पहिलो प्राथमिकता पढाइ लेखाइ भए पनि अभिनयले थप आत्मविस्वास बढाउने बताए ।

Advertisement

अभिनय कार्यशलााका प्रमुख प्रशिक्षण तथा रंगकर्मी कपिल शर्माले बालबालिका तथा किशोरीले पहिलो कुरा अनुशासन भएको बताए ।
बालश्रम न्यूनीकरणका परियोजना संयोजक प्रिती पाण्डेले पोखरा उद्योग वाणिज्य संघले २०५६ सालदेखि नै सडक बालबालिका तथा किशोरीका निम्ति काम गर्दै आएको बताइन् ।

बाल सिकाइ, अनौपचारिक मनोपरामर्श, वातावरण सिकाई, १४ वर्ष मुनिका कठीन परिवारका बालबालिकालाई लत्ताकपडा, तथा विद्यालय पोसाक वितरण कार्यक्रम गर्दै आएको बताइन् । सहभागी शौरभ देवकोटाले अभिनय कलाबाट धेरै कुरा सिकेको र यस्तो कुरा अरु बालबालिकाहरुले पनि सिक्न जरुरी रहेको बताए ।

Advertisement

पोखरा महानगर पालिका महिला विकास अधिकृत कल्पनादेवी सापकोटाले बालबालिकाको क्षेत्रमा सुधार गर्न अनुशासन र सिकाइ महत्वपूर्ण भएको बताइन् ।

कार्यक्रममा सहभागीलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोखरेल, उपमहासचिव सचिव चिनु गुरुङ, पोखरा महानगरपालिका महिला विकास अधिकृत कल्पनादेवी सापकोटा लगायतले प्रमाणपत्र वितरण गरे ।

तपाईको प्रतिक्रिया