भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

समाधान संवाददाता २०७६ वैशाख २ गते १४:४८

सोलुखुम्बु, रासस

सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ।

काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

Advertisement

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया