पक्राउ परेका गिरीलाई अविलम्ब रिहाइ गर्न प्रेस संगठन कास्कीकाे माग

समाधान संवाददाता, पोखरा
प्रेस संगठन नेपाल कास्कीका नेता तथा ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस संगठन कास्कीका नेता माधव बराल र सन्देश श्रेष्ठले सोमबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरेर गिरीलाई पोखरामा पक्राउ गरी काठमाडौं लगिएको घटनाको प्रेस संगठन कास्की घोर भत्र्सना गरिएको छ ।
‘समाचार प्रकाशन र प्रसारणको विषयलाई लिएर चित्त नबुझेमा खण्डन छाप्ने, नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै पत्रकारलाई साइबर क्राइमको मुद्दा दर्ता गर्नु संविधानमै व्यवस्था भएको अधिकार विपरीत रहेको ठहर संगठनको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
समाचार लेखेकै भरमा पत्रकारलाई अपराधीको आरोप लगाएर पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता माथि ठाडो प्रहार भएको संगठनको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । ‘साविक प्रेस चौतारी कास्कीका सचिव समेत रहेका पत्रकार गिरीलाई विना सर्त अविलम्ब रिहाइ गर्न प्रेस संगठन कास्की जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।





एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया