सिबिआइले पक्राउ गरेपछि पत्रकार अर्जुन गिरीले जहाज चढ्नु अघि लेखेकाे स्टाटस

दिपक के श्रेष्ठ
विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत मुद्दा परेपछि राजधानीबाट आएकाे सिबिआइकाे टाेलीले पत्रकार अर्जुन गिरीलाइ पक्राउ गरेकाे छ ।
पक्राउ परेपछि पाेखरा विमानस्थल लैजाने क्रममा गिरीले बाटैमा स्टाटस लेखेर पाेस्टिए । पाेस्टमा गिरीले ‘पत्रकारिता साइबर क्राइम हाेइन’ भन्दै ठगीविरुद्ध आफ्नाे कलम नराेकिने र विचलित नहुने उल्लेख गरेका छन् ।
पत्रकार गिरी पाेखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक हुन् ।
गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग’ बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।
समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशस् १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।
श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

गिरीकाे पक्राउकाे विराेध गर्दै पेशागत संगठनहरुले विज्ञप्तीमार्फत तुरुन्त रिहाइकाे माग गरेका छन् ।





अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया