नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कोरलातर्फ लाग्यो टोली

समाधान संवाददाता २०७६ वैशाख २ गते १७:४१


सुन्दरकुमार थकाली, मुस्ताङ

संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको नेतृत्वमा अन्तराष्ट्रिय सम्वन्ध समितिको एक टोली सोमबार उत्तरी कोरलानाका लगायत पर्यटकीय गन्तब्यहरुको अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यगरी मुस्ताङको पर्यटन प्रर्वधन र बिकास तथा कोरलानाकाको अध्ययन गर्न अन्तराष्ट्रिय सम्वन्ध समितिकी सभापती पवित्रा निरौला खरेल ,अग्नि सापकोटा,प्रेमप्रसाद तुलाचन,मोहन बाँनिया,बोधमायाकुमारी यादव,सरलाकुमारी यादव,सरिता गिरी र सानु सिवा मुस्ताङ आएका हुन् ।

निकट भविष्य नेपाल ÷चीनबीच हुँने मैत्रीपूर्ण वार्ता तथा सम्झौताको पूर्वसन्ध्यामा अन्तराष्ट्रिय सम्वन्ध समिति टोलीको यसप्रकारको कोरला भ्रमणले कोरलानाका खोल्न सहज बातावरण निर्माण हुने सघीय सांसद प्रेमप्रसाद तुलाचनले दावी गरे ।उनले कोरलानाकाको पछिल्लो अवस्था र चीनतर्फ भैईरहेका पूर्वाधार निर्माणका गतिबिधिको रिपोटिङ गर्दै समिति मार्फत सरकारलाई पेश गर्ने जनाए ।

Advertisement

अन्तराष्ट्रिय सम्वन्ध समितिको टोलीले सोमबार बिहान मुक्तिनाथको दर्शन तथा अवलोकन गरेको छ ।समितिकी सभापति पबित्रा निरौला खरेलले मुस्ताङ जिल्ला पर्यटनको प्रचुर संम्भावनालाई थप बिकासगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन टोली मुस्ताङ आएको जनाईन् ।उनले समितिको उद्देश्य नेपालका पर्यटकीयक्षेत्रको अवलोकन तथा त्यहाँका ज्वलन्त समस्या र अप्ठ्यारा चुनौतिलाई सरकार समक्ष पू¥याउने उल्लेख गरिन् । पहिलो पटक मुस्ताङ र मुक्तिक्षेत्रमा प्रबेश गर्दा असाध्यै राम्रो र सुन्दर लागेको सभापति निरौला खरेलले जनाईन् ।

सभापती निरौला खरेलले पबित्र भुमी मुक्तिनाथमा तराईक्षेत्रका जनता तथा भारतिय पर्यटक आउने भएकाले ३८ सय मिटरको उचाई थेग्न मुश्किल पर्ने उल्लेख गर्दै उनले स्थानीयको माग अनुसार हेल्थपोष्ट स्थापनाका लागि सरकारलाई सुझाउने जानकारी दिईन् ।‘तराईक्षेत्र तीर्थालुलाई अल्टिच्युटको संम्भावना बढी हुने गर्छ,उनले भनीन्,‘आवश्यकता अनुसारको स्वास्थ्य पूर्वाधारको यहाँ अति खाँचो देख्यौं ।’

Advertisement

सभापति निरौला खरेलले समितिको मुख्य उद्देश्य पर्यटकीयक्षेत्रको अध्ययन र कोरलानाका रहेको उल्लेख गरिन् ।चीन संगको व्यापारिक संम्वन्ध बिस्तारका लागि कोरलानाका खुलाउन जरुरी रहेको बताउँदै उनले यसको पछिल्लो अवस्था र यहाँको संम्भावनाका बारेमा सरकारलाई जानकारी गराउन निरीक्षणका लागि खटिएको जनाईन् ।अध्ययनमा मुस्ताङ आएका सम्वन्ध समितिको टोलीले कारलाबाट फर्किए लगत्तै जोमसोममा अन्तरक्रिया गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया