चरम बेथितिपछि नगर प्रमुखको गाडी उपप्रमुखले खोसिन्

समाधान संवाददाता २०७६ वैशाख २ गते १८:११

नगर प्रमुख जाेशीकाे फाइल तस्बिर

रामकृष्ण लामिछाने, पर्वत

कुश्मा नगरपालिकाभित्र कुन कुन शाखाले कहाँ, कहाँबाट के, के सेवा दिन्छन स्वयम जनप्रतिनिधिलाई नै थाहा छैन । बिषयगत कार्यालयबाट नगरपालिकामा आएका कर्मचारीले कहाँ कहाँबाट सेवा दिइरहेका छन् र उनीहरुको सेवालाई कसरी ब्यवस्थित गराउने भन्नेमा कुश्मा नगरपालिका गैरजिम्मेबार बनेको छ ।

Advertisement

कर्मचारीलाई बस्ने ठाउँसमेत उपलब्ध गराउन नसकेको कुश्मा नगरपालिकाभित्रको बेथिति उत्कर्षमा पुगेको छ । संघीयताअघि नै स्थापना भएको नगरपालिका विकास, सुशासन र समृद्धितर्फ संस्थागत हुँदै जानुपर्नेमा जनप्रतिनिधि निर्वा्चित भएर आएपछि नगरको बेथिति उत्कर्षमा पुगेको हो । जनप्रतिनिधिबिच नै स्वार्थ, पद र जिम्मेबारीका सम्बन्धमा बार्गे्निङ हुन थालेपछि जिल्लामै सम्भावना बोकेको कुश्मा नगरपालिकामा जनप्रतिनिधि निर्वा्चित भएर आएको झण्डै दुई बर्ष ब्यर्थै बितेको छ ।

नगरपालिकालाई कसरी सफल बनाउने भन्ने प्रमुख भुमिका नगर प्रमुखको हो । नगरपालिकालाई आफ्नो कार्यकालभित्र के के काम गर्न सम्भव छ ? के के योजना बनाउने ? बजेट कसरी जुटाउने ? वातावरण अनुकुल कसरी बनाउने भन्ने नगर प्रमुखको भुमिका रहन्छ । तर कुश्मा नगरपालिकाभित्र नगर प्रमुख रामचन्द्र जोशीले जिम्मेबार ढंगले काम नगरेको पाइएको छ । जोशी काँग्रेस पार्टीले टिकट दिएर निर्वा्चित गरेका नगर प्रमुख हुन् ।

Advertisement

काँग्रेसतर्फबाट कुश्मा नगरपालिकामा उपप्रमुखसहित पाँच वटा वडा अध्यक्ष निर्वा्चित छन् । तर जोशीले न उपप्रमुखसँग गम्भिर रुपमा छलफल र बैठक गरी निष्कर्षमा पुग्छन, न वडा अध्यक्षसँग नै । बैठक होस, वा नगरसभा होस, जोशीले केही नेकपाबाट निर्वा्चित वडाअध्यक्षसँग गोप्य गरेर प्रस्ताव ल्याउने गरेका छन् । त्यसप्रति काँग्रेसबाट निर्वा्चित उपप्रमुख र वडाअध्यक्ष असन्तुष्ट छन् । काँग्रेसको तर्फबाट बनेको घोषणापत्रमा के थियो ? जनतालाई के के कुरामा बाचा गरिएको थियो, त्यो भन्दा पनि हचुवाको भरमा बिपक्षीको रणनीतिमा सघाउ पु¥याएर निर्णय लिदै आएका छन् ।

यसले न काँग्रेसका जनप्रतिनिधि सन्तुष्ट छन्, न मत दिएर जिताएका मतदाता नै । कुश्मा नगरपालिकाका जनताले पाँच बर्षको अवधिमा देखिनेगरी बिकास चाहेका थिए । पाँचबर्षको अवधिमा नगर प्रमुख जोशीले हरेक वडा कार्यालय जोडिने सडक कालोपत्रे गर्ने, एक घर एक धारा, रोजगारीका अवसर, कुश्मा चक्रपथ निर्माणलगायतका योजना अघि सारेका थिए । सोही अनुसार मतदाताले जिताए पनि तर उनको भुमिकाले आम कुश्मा नगरबासी अहिले असन्तुष्ट बनेका छन् ।

जोशीमाथि आफ्ना कार्यकर्तालाई पेलेर बिपक्षीलाई बढी नै सघाउने गरेको, नगरभित्रका योजनालाई पारदर्शी बनाउन नसकेको, नगरपालिकाभित्र भइरहेको भ्रष्टाचार रोक्न नसकेको, मन नपरेका नगरबासीलाई पेल्ने गरेको, चुनावमा बोलेअनुसार योजना ल्याउन नसकेको, आफ्नै पार्टीबाट निर्वा्चित जनप्रतिनिधिलाई बिश्वासमा लिन नसकेको, कर्मचारीको ब्यवस्थापन गर्न नसकेको, नगरपालिकाभित्र पाउने सेवालाई प्रभावकारी बनाउन नसकेको, चर्को करलाई नियन्त्रण गर्न नसरी नगरबासीलाई चर्को कर तिर्न बाध्य बनाएको, आफुलाई टिकट दिएर निर्वा्चित गरेको काँग्रेस पार्टीसँग समन्वय नगर्ने गरेको लगायतका गम्भिर आरोप लाग्ने गरेको छ ।

कुश्मा नगरपालिकामा नगर प्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले उपप्रमुख सिता काफ्ले लामिछानेलाई पेलानमा पार्ने गरेका छन् । उपप्रमुख लामिछानेले ल्याएको कुनैपनि प्रस्ताव अस्वीकार गर्ने उनीहरुले उपप्रमुख प्रमुख हुने न्याय समिति गठन गर्न समेत अबरोध गरेका छन् । हरेक बैठकमा लामिछानेले न्याय समिति गठन गर्न माग गरेपनि नगर प्रमुख जोशीले बेवास्ता गर्ने गरेका छन् । प्रमुख जोशीसँग मिलेर प्रमुख प्रशासकिय अधिकृत लामिछानेले पनि उपप्रमुखलाई त्यो को हो र भन्ने गरेका छन् ।

त्यसो त उपप्रमुख लामिछानेले नगरपालिकाभित्र दुई वडा गाडी भएपनि नगरभित्रकै वडामा जानपर्दा समेत गाडी बिग्रिएको, अन्यत्र गएको लगायत बनावटी जवाफ पाउदै आएकी थिइन । अति भएपछि उपप्रमुख लामिछानेले नगर प्रमुख जोशी चढेको गाडी नै खोस्नुपर्ने बाध्यतासम्म भयो । गत माघ २८ गते नगरप्रमुख जोशी, प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेसहितलाई गाडीबाट ओरालेर उपप्रमुख लामिछानेले गाडी खोसेकी थिइन । त्यो घटनापछि उपप्रमुख लामिछानेले नगरपालिकाको पुरानो गाडी प्रयोग गर्न थालेकी छन् ।

कुश्मा नगरपालिकाभित्र उपप्रमुख लामिछानेले सबैभन्दा बढी मत ल्याएर निर्वा्चित भएकी हुन । उनले नगरप्रमुख जोशीले भन्दा बढी मत प्राप्त गरेकी थिइन । तर अहिले उनका हरेक प्रस्तावमा बाँझो हाल्ने काम भएको नगरस्रोतले जनायो । पालिकाभित्रको न्यायपालिकाको जिम्मा नै उपप्रमुख र उपाध्यक्षलाई हुन्छ । तर उपप्रमुख लामिछानेले दुई बर्ष बित्न लाग्दा पनि न्यायसमितिको संयोजक बन्न पाएकी छैनन् ।

कतिपय ठाउँमा गएर उनले बोलेका योजना समेत पारित नगर्ने गरिएको छ । नगर प्रमुख जोशीले कतिपय ठाउँमा ब्यक्तिगत रुपमा सहयोग बोलेका कुरा पनि नगरपालिकाभित्रै बिल ल्याएर भुक्तानी गरिएको छ । तर, उपप्रमुख लामिछानेले बोलेका कुरामा पास नगर्ने गरिएको छ । उपप्रमुख लामिछानेले अहिले आफुले नगरपालिकाबाट पाउने तलबभत्ताबाट नै आफुले बोलेको ठाउँमा सहयोग प्रदान गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया