पत्रकार गिरी महास‌ंघकाे जिम्मामा छाडिए, भाेली पुनः हाजिर हुने

समाधान संवाददाता २०७६ वैशाख २ गते १८:५०

समाधान सम्वाददाता

विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी छुटेका छन् ।

गिरीलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयकाे राेहबरमा भाेली १० बजे पुनः सिआइबी कार्यालयमा हाजिर गराउने शर्तमा छाडिएकाे हाे ।

Advertisement

गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग’ बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।

समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।

Advertisement

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

गिरी ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया