विन्ध्यवासिनी मन्दिरमा ७५ लाखको आधुनिक प्रवेशद्वार बन्दै

समाधान संवाददाता २०७६ वैशाख ३ गते १२:४५

समाधान संवाददाता, पोखरा

विन्ध्यवासिनी मन्दिर पोखरामा आधुनिक प्रवेशद्वार निर्माण थालिएको छ । चितवन कोई प्रालिका संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा मूल प्रवेशद्वार निर्माण गर्न लागिएको हो । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले ७५ लाख रुपैयाँ लागतमा विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेशद्वार निर्माण गर्न लागेको कोषका सचिव राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको चाहना अनुसार विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्वार निर्माण गर्न लागिएको लक्ष्मणबाबु श्रेष्ठ मेमोरियल ट्रस्टले जनाएको छ । ट्रष्टका उपाध्यक्ष एवं चितवन कोई ग्रुपका अध्यक्ष राजुबाबु श्रेष्ठले शनिबार विधिपूर्वक मन्दिरको प्रवेशद्वार शिलान्यास गरेका हुन् ।

Advertisement

‘बुबाको चाहना अनुसार हामीले यो गेट बनाउन लागेका हौं । हामीले मौलिक परम्परा झल्किने गेट निर्माणका लागि भक्तपुरका कालिगढलाई जिम्मा दिइसकेका छौं,’ मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने ।

लक्ष्मणबाबुकै सक्रियतामा नेपालमा पहिलो केबलकार मनकामना केबलकार स्थापना भएको थियो । मनकामना केवलकारमा वार्षिक १० लाखभन्दा बढी भक्तजन चढेर मनकामना मन्दिर दर्शनका लागि जाने गर्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया