रुपा गाउँपालिकाको विकास गर्न १६ बुँदे घोषणपत्र

समाधान संवाददाता २०७६ वैशाख ३ गते १३:५०

समाधान संवाददाता
लेखनाथ

‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने नाराका साथ रुपा गाउँपालिकामा सकारात्मक पालिका व्यवस्थापन तथा नेतृत्व विकास तालिम सकिएको छ । रुपा गाउँपालिकाका सातवटै वडाका जनप्रतिनिधि तथा कर्मचारीका लागि तालिम सञ्चालन गरिएको हो । जनप्रतिनिधि तथा कर्मचारीलाइ विकाससम्बन्धी काममा उत्साही र अभिप्रेरित मुख्य उद्देश्यले ३ दिनसम्म तालिम आयोजना गरिएको हो ।

शनिबार तालिम समापनसँगै रुपाा गाउँपालिकाका स्थानीय सरकार तथा कर्मचारीले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने अभियानस्वरुप १६ बुँदे घोषणापत्रसमेत जारी भएको छ । उक्त घोषणापत्रमा सामुदायिक विद्यालयको विकास प्रवद्र्धन र स्तरोन्नति, बालशिक्षा, दरबन्दी व्यवस्थापन, पर्यटन प्रवद्र्धन, खानेपानी वितरण, कृषि उत्पादन, वन तथा फलफूलका विरुवा नर्सरी सञ्चालन, प्राविधिक जनसेवा, दक्ष जनशक्ति उत्पादन, अस्पताल निर्माण, मुुल तथा शाखा सडक निर्माण तथा विस्तार, अर्गानीक तरकारी तथा फलफूल उत्पादन लगायतका योजना समावेश गरिएका छन् ।

Advertisement

तालिममा सकारात्मक सोच, कर्मचारी र सेवाग्राहीचको सम्बन्ध विस्तार, जनप्रतिनिधिका जिम्मेवारी तथा जनतासँगको समन्वय, विभिन्न विषयमा प्राविधिक ज्ञान तथा शिक्षण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदी र क्षमता तथा नेतृत्व विज्ञ रामचन्द्र लामिछानेले सहजीकरण गरेका थिए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा जनप्रतिनिधि र कर्मचारी गरी ३७ जना सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया