मुक्तिनाथ गुरुयोजना कार्यान्वयनको चरणमा,चालुवर्ष १ करोड

समाधान संवाददाता २०७६ वैशाख ३ गते १६:५०

सुन्दरकुमार थकाली, मुस्ताङ

समुन्द्री सतहदेखि ३८ मिटरको उचाईमा अवस्थित विश्वप्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको पूर्वाधार निर्माण तथा स्तरबृद्धि गरिने भएको छ ।नेपाल सरकार पर्यटन मन्त्रालयले अघि बढाएको मुक्तिनाथ गुरुयोजना अन्तर्गत यसको स्तरबृद्धि गर्न लागिएको हो ।

पर्यटन मन्त्रालयले चालुआर्थिक वर्ष १ करोड रकम बिनियोजन गरेको छ ।मुक्तिनाथ गुरुयोजना बहुबर्षिय योजना भएकाले सुरुआतको पहिलो वर्ष मुख्यकामलाई प्राथमिकतामा राखेर गुरुयोजना सुरुवात हुन लागेको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । उनले मुक्तिनाथ गुरुयोजनाले मुस्ताङको धार्मिक पर्यटनलाई उचाईमा बढाउने उल्लेख गर्दै यसका लागि सबैको सहयोग र समर्थन आवश्यक भएको औल्याए ।

Advertisement

मुक्तिनाथ गुरुयोजनाको पहिलो वर्षको बिनियोजित बजेटले मुक्तिनाथ परिसरलाई फराकिलो पारिने भएको हो ।यसका लागि मन्दिर संगै रहेको पुरानो आनी भवनको संरचना हटाईने र त्यस ठाउँको १५ मिटर पछाडी नयाँ आनी आवास भवन निर्माण गरिने ईन्जिनीयर सचिन्द्र यादवले जानकारी दिए ।उनले नयाँ आनी भवन संम्पन्न भएपछि पुरानो हटाईने उल्लेख गरे ।यस्तै गुरुयोजना अन्तर्गत प्रसिद्ध श्राद्धस्थल कागबेनी धामको श्राद्ध स्थल नदीले कटान गरेकाले वाल लगाई स्तरोन्नति गरिने ईन्जिनीयर यादबको भनाई छ ।

मुक्तिनाथ गुरुयोजना अन्तर्गत मुक्तिनाथको आनी आवास भवन तथा कागबेनीको श्राद्ध स्थलको काम एक सातापछि सुरुआत गर्ने ईन्जिनीयर यादबले जानकारी दिए ।उनले प्राविधिक सामाग्री र जनशक्ती परिचालन गरेर गुरुयोजनाको प्रारम्भिककार्य थालनी गरिने जनाए । मुस्ताङको पवित्र धार्मिक स्थल तथा कागबेनी श्राद्धस्थलको पूर्वाधार बिकासका लागि पर्यटन मन्त्रालयले गुरुयोजना अघि बढाएको हो ।

Advertisement

यसकार्यका लागि पर्यटन मन्त्रालय तथा पुरातत्व बिभागका टोली मुस्ताङ आएका थिए ।उनीहरुले तयार पारेको डिपिआर प्रस्तुती तथा र गुरुयोजनाका बारेमा स्थानीयबासीको सुझाव संकलन गरेको थियो ।मुक्तिनाथ गुरुयोजना अन्तर्गत १ दर्जन बढी पूर्वाधार निर्माण हुने जनाईएको छ । जसमा मन्दिरको लगायतको जीर्णद्धार लगायत तीर्थालु मैत्री पूर्वाधारका योजना छन् ।

तपाईको प्रतिक्रिया