बतास विरुद्ध कास्की अदालतले जारी गर्यो पक्राउ पुर्जी
समाधान संवाददाता
२०७६ वैशाख ३ गते १८:३३

समाधान सम्वाददाता
व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गरापछी मंगलबार अदालतले पुर्जी जारी गरेको हो । चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भएपनि सोमबार दर्ता भएको थियो ।
पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतास ठगीएको जाहेरी दर्ता गराएका हुन् ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया