एउटा अन्डामा किसानलाई ४ रुपैयाँ घाटा

चितवन, रासस
खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक संघले विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री गर्न बाध्य भएको जनाएको छ ।
संघ अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फुलको लागत प्रतिगोटा १०.५० पर्ने भए पनि कृषकले ६.६६ पाउने गरी मूल्य निर्धारण गरिएकाले एउटै फुलमा करीब ४ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । कुखुरालाई आवश्यक पर्ने दाना र कच्चा पदार्थको मूल्य वृद्धि हँुदै जानु र उत्पादित फुल तथा चल्लाको मूल्यमा क्रमशः गिरावट आउनाले व्यवसायीले धेरै नोक्सानी व्यहोर्न हो । फुलको उत्पादन र खपतको अवस्थामा निकै असन्तुलन भएको जनाइएको छ ।
मंगलबारदेखि लागु हुने गरी केही समयका लागि नेपाल अण्डा उत्पादक संघले फुलको उपभोक्ता मूल्य १३ बाट घटाइ १० निर्धारण गरेको छ । नेपालमा हाल दैनिक ५० लाख फूल उत्पादन हुने गरेको छ । हालको बजार अनुसार दैनिक १ करोड ९२ लाख नोक्सानी सहनुपरेको कँडेलले दाबी गरे । उद्योग वाणिज्य संघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले राज्यले समयमै यस क्षेत्रलाई सम्बोधन गर्न नसके आत्मनिर्भर व्यवसाय धरासायी हुने बताए ।








विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया