मुस्ताङका ५ स्थानीयतहका शिक्षक तथा जनप्रतिनिधिलाई अभिमुखिकरण

समाधान संवाददाता २०७६ वैशाख ४ गते ९:३४

सुन्दरकुमार थकाली,मुस्ताङ

मुस्ताङका ५ वटै स्थानीयतहका शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालालाई अभिमुखिकरण तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)लाई प्रभावकारी तुल्याउने उद्देश्यले मुस्ताङ सदरमुकाम जोमसोममा ४ दिने कार्यक्रम सुरु भएको हो ।

अमेरीकी सहयोग नियोग युएसआईडीको प्राविधिक सहयोग तथा नेपाल सरकारको विशुद्ध कार्यक्रम हो भएकाले यसको अपनत्व तीनै तहका सरकारले लिनुपर्ने जनाईएको छ । ईजिआपि कार्यक्रम अन्तर्गत मुस्ताङमा पाईला नेपाल संस्थाले प्राविधिक साझेदारी गरेको हो ।सुरुआति ६ जिल्लामा सघन रुपमा संञ्चालन भएपनि यसलाई १६ जिल्लामा यसप्रकारको कार्यक्रमको पहुँच पुर्‍याएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।

Advertisement

उनले कक्षा १ देखि ३ सम्मका वालवालिकाको शिकाई उपलब्धि तथा नेपाली भाषाको बिकास गर्न सरकारले यो कार्यक्रम लागु गरेको ईकाई प्रमुख चपाईको भनाई छ ।‘वालवालिकाको शिकाई उपलब्धिका लागि शिक्षक प्रतिनिधि पात्र हुन् ।चपाईले भने,‘यसको दिगो बिकासका लागि जनप्रतिनिधि र स्थानीय अभिभावकको प्रमुख दायित्व रहन्छ ।नेपाली भाषाको बिकास बिना अन्य भाषाको बिकास अपूर्ण रहन्छ ।’

कक्षाकोठा छापायूक्त तथा वालवालिकालाई शिकाई उपलब्ध सहज बनाउन नेपाल सरकारले राम्रा पाठ्य सामाग्री तयार गरेको छ ।जसमा लगानी ईजिआपि अन्तर्गत यूएसआइडीले गर्दै आईरहेको छ ।वालवालिकालाई घरैदेखि शिक्षा भन्ने उद्घोष यो कार्यक्रम लागु भएको हो ।

Advertisement

सरकारले यो कार्यक्रम संञ्चालन भएका जिल्लाका अनुदान,तालिम प्रशिक्षण र शैक्षिक सामाग्री निर्माणका करौडोको लगानी गरेको छ ।मुस्ताङका ५६ वटै बिद्यालयमा ईजिआरपि शिक्षा लागु भएको भएपनि बिद्याथी अनुपातका आधारमा जिल्लाका १८ बिद्यालयले मात्र ईजिआरपि अनुदान प्राप्त गरेका छन् ।प्रारम्भिक कक्षा पढाईलाई घनिभुत रुपमा सफल पार्न जिल्ला स्तर देखि स्थानीयतह अभिभावक र बिद्यालयमा समेत समिति उपसमिति निर्माण गरिएको जनाईएको छ । प्रारम्भिक कक्षा पढाई अभिमुखिकरण अन्तर्गत ४ दिने बसाईमा हालसम्मका शिकाई उपलब्धिको समिक्षा,भा विकार्ययोजना र स्थानीय निकायले गर्ने दायित्वबारे अन्तिम मोडालिटी खाका निर्माण गरिने बुद्धिबल थापा मगरले जानकारी दिए ।

उनले शिकाई उपलब्धिका लागि समस्या र च्ुनौतिको पहिचान गर्दै सुधारका बिषयामा खोजी गरिने उनले बताए । ४ दिने अभिमुखिकरणको समूद्घाट समारोहमा कार्यक्रम बारे जानकारी दिदै ईजिआरपि कार्यक्रमका क्षेत्रिय निर्देशक शशी साहले वालवालिकाको नेपाली भाषाको बिकासका लागि राज्यले करोडौको लगानी गरेको बताए ।उनले पेशाप्रतिम र्यादित र जिम्मेवारीका साथ पठन शीप बिकासमा अपनत्व ग्रहण गर्न सकेमा कार्यक्रमको औचित्य रहने सुझाए ।

उनले बिद्यालयको ६ घण्टे पढाईले मात्र शिकाई उपलब्धि पूरा नहुने उल्लेख गर्दै यसका लागि अभिभावक स्वय जागरुक हुनुपर्ने बताए ।वालवालिकाको शिकाई उपलब्धि बृद्धि गराउन जतिसुकै बाजा बजाएपनि शिक्षक स्वंय जिम्मेवारी नबने सरकारको लगानीको कुनै अर्थ नरहने प्रष्ट पारे ।जिल्ला समन्वय समिति उपप्रमुख राजेन्द्र शेरचनले शिक्षक भनेको दक्ष जनशक्ती निर्माणको मेरुदण्ड भएकाले पेशाप्रति मर्यादित रहन आग्रह गरे ।उनले मातृभाषालाई बाईबास गरेर पाश्चात्य भाषामा मात्र लाग्दा भाषिक संरक्षणमा चुनौति थपिने प्रष्ट्याए ।

निमित्त सिडियो घनश्याम गौतमले वालवालिकाको शैक्षिक बिकासका लागि सबैको अपनत्व हुनुपर्ने बताए ।उनले ससाना वालिवालिकाको शिकाई स्तरबृद्धिका लागि ईजिआरपिको शिकाई अवधारण असाध्यै राम्रो भएको उल्लेख गर्दै यस्ता कार्यक्रम सेलाएर जान नहुने जनाए ।

कार्यक्रममा जिल्लाका बिद्यालयहरुले ईजिआरपि शिक्षाका बारेमा घनिभुत बहश गरेका छन् ।जनशान्ति मावि कागबेनीका प्रअ प्रेम गौतमले आफ्नो बिद्यालयमा ईजिआरपि कार्यक्रम गर्दा भएका उपलब्धि ,समस्या र चुनौतिका बिषयमा प्रस्तुती राखे । यस्तै दिव्यदिप माविका प्रअ रामु श्रेष्ठले उपल्लो मुस्ताङमा गुरुङ र लोहा भाषा मात्र बढी प्रयोगमा आउने भएकाले नेपाली भाषा पढाईमा समस्या उब्जिएको बताए ।

पछिल्लो समय ईजिआरपि कार्यक्रमको फलो गर्दै वारागुङले नीजि लगानीमा हिउँद १ महिना कक्षा पढाई संञ्चालन गरेको जनाईएको छ ।अभिमुखिकरण शुक्रबार सकिने छ ।

तपाईको प्रतिक्रिया