समाचारपत्रका पुष्करलाल रहेनन्

समाधान संवाददाता २०७६ वैशाख ४ गते १४:०१

समाधान सम्वाददाता

नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय  श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो।

पाँच महिनाअघि श्रेष्ठको मृर्गौलाको पत्थरी र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई जिबिएस भएको थियो।भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो तर रोग निको भएन। 

Advertisement

कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेको श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए।

उनको आजै अन्त्येष्टी गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया