पत्रकार गिरी साधारण तारेखमा रिहा

समाधान संवाददाता २०७६ वैशाख ५ गते १६:३३

पोखरा


रिहा भएपछि काठमाडौं जिल्ला अदालत गेटअघि पत्रकार गिरी (बीच) का साथमा समाधान सम्पादक रामकृष्ण ज्ञवाली र समाधानका फोटो पत्रकार युनिश गुरुङ ।




समाचार लेखेकै आधारमा पक्राउ गरी विद्युतीय कारोबार ऐन मुद्दा चलाइएका पोखराका पत्रकार अर्जुर गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । बिहीबारै दर्ता भएको मुद्दामा भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर पौडेलको इजलाशको आदेशबाट उनी रिहा भएका हुन् । पोखराका व्यवसायी वीपेन्द्रराज बतासले ठगी गरेको समाचार प्रकाशित गरेपछि सीआइबीले वैशाख १ गते गिरीलाई पक्राउ गरेको थियो । उनी ताण्डव न्युज साप्ताहिकका सम्पादक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया