ठगी मुद्दाका जिएसमी कर्मचारी सेटिङ मिलाएर अदालत पुग्दै, धरौटी बुझाउँदै छुट्दै

समाधान संवाददाता २०७६ वैशाख ६ गते ९:१०
Gandaki Medical College. Photo: GMC

समाधान सम्वाददाता

ठगी मुद्दामा फरार गण्डकी मेडिकल कलेज (जीएमसी) का कर्मचार धरौटी बुझाउँदै धमाधम रिहा भइरहेका छन् । बिहीबारमात्रै २ कर्मचारी कास्की अदालत उपस्थित भएर बयान दिई धरौटी बुझाएर छुटे ।

कर्मचारीद्वय तिलक पौडेल र कृष्ण घिमिरे बिहीबार १७-१७ लाख रुपैयाँ धरौटी तिरेर छुटेको जानकारी स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए । पराजुलीकै भनाइमा उनीहरुले कुमारी बैंकबाट त्यतिका रकमको ग्यारेन्टी बुझाएका थिए ।

Advertisement

धरौटी बुझाएर छुट्नको संख्या ७ पुगेको छ । कलेज अध्यक्ष खुमाप्रसाद अर्यालसहित ४ जना भने फरारै छन् । फरार रहेकामा प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे छन् ।

पौडेल र घिमिरेसहित दिनेशप्रसाद पौडेल र युवराज शर्मा, कृष्णप्रसाद पौडेल, सन्तोष खनाल र लक्ष्मण शर्मा धरौटीमा रिहा भइसके । खनाल र लक्षमण चैत १८ गते रिहा भएका थिए । दिनेश पौडेल र युवराज शर्मा बुधबार रिहा भएका हुन् भने त्यसअघि कृष्णप्रसाद पौडेल छुटेका थिए ।

Advertisement

विद्यार्थीहरुले सरकारबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कलेज अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा उजुरी दिएका थिए । फागुन २२ गते लक्ष्मण र सन्तोष फागुन २२ गते पक्राउ परेका थिए । उनीहरुलाई १७-१७ लाख रुपैयाँ धरौटीमा अदालतले रिहा गरेपछि अरुहरु पनि प्रहरी छलेर सिधै अदालत पुगिरहेका छन् ।

पुग्नासाथ बयान लिने वातावरण हुनसक्ने वा नसक्ने बुझीवरि उनीहरु पालैपालो निवेदनसाथ अदालत पुग्ने गरेका छन् । त्यस्तै पालोको पर्खाइमा अध्यक्ष अर्याल रहेको स्रोत बताउँछ । प्रहरीले पक्रँदा थुनामा पनि बस्नुपर्ने हुनसक्छ । थुना छल्न उनीहरु सेटिङ मिलाएर अदालत पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया