पाङ–टार–ततरकोट–बनौ सडक कालोपत्रे गरिने

समाधान संवाददाता २०७६ वैशाख ६ गते ११:३७

रामकृष्ण लामिछाने
पर्वत

जिल्लाका वडाहरु मध्ये धेरै जनसंख्या र मतदाता रहेको कुश्मानगरपालिका १ पाङ हो । २०७४ सालको निर्वाचनको पहिलो मतगणना कुश्मा नगरपालिका १ बाट भएको थियो । प्रतिनिधि सभाको मतगणना कुश्मा १ बाट हुँदा आमचासो र जिज्ञासाको विषय बनेको थियो, मतपरिणामको ।

प्रतिनिधि सभाको निर्वाचनका प्रतिस्पर्धी तत्कालीन नेकपा (एमाले) का उमेद्वार युवा नेता पदम गिरीले प्रतिद्वन्द्वी भन्दा झण्डै ४ सय ५० मत बढी ल्याए । मत विश्लेषणको हिसाबले लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको शक्ति निकै बलियो मानिने कुश्मा नगरपालिका १ पाङमा कम्युनिस्टका उमेद्वारले राम्रो मत ल्याउनुलाई धेरै अर्थमा विश्लेषण गरियो ।

Advertisement

कुश्मा १ पाङको अत्याधिक मत पाएका प्रतिनिधि सभाका उमेद्वार सांसद पदम गिरीले एक कार्यक्रमकाबीच उक्त गाउँको महत्वपूर्ण सडक कालोपत्रेको शुभारम्भ गरेका छन् । विगतलामो समयदेखि नेपाली कांग्रेसलाई मतदान गर्दै आएका स्थानीयले लामो समय पछि कम्युनिस्ट सांसदलाई अत्याधिक मतदान गरे । सांसद गिरीले कालोपत्रेको शुभारम्भ गर्दै भने, ‘सबै पार्टीका आस्थावान कार्यकर्ताले मलाई दिएको मतको म हार्दिक सम्मान गर्छु ।’ गिरीले निर्वाचन पूर्व कुनै पार्टीको नेता भएपनि निर्वाचन पछि आफू सबैको साझा ब्यक्ति भएकाले सबै जनताको पक्षमा कामगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाउँको विकास र परिर्वतनकालागि पाङबासीले आफूलाई दिएको मतको सम्मान गर्दै यो क्षेत्रको विकासमा आफूले दिनरात मेहनत गरिरहेको उल्लेख गरे । सहस्रधारादेखि पाङको कुनाचौरसम्मको केहि खण्ड सडक कालोपत्रे भएपनि पाङको कुनाचौर देखि टार–ततरकोटदेखि बनौसम्मको सडक कच्ची छ ।

Advertisement

उक्त सडक कालोपत्रेका लागि सांसद गिरीको पहलमा प्रदेश सरकारले चालु वर्षमा १ करोड र केन्द्रीय सरकारले चालु वर्षमा ३ करोड गरी कुल ४ करोड रकम विनियोजन गरेको छ । सांसद गिरीले रकम अपुग हुँदा सडक कालोपत्रेका लागि थप रकम जुटाउन आफूले अझैं धेरै प्रयास गर्ने कार्यक्रमको अवसरमा प्रतिबद्धता ब्यक्त गरे ।

सडक कालोपत्रेको शुभारम्भ कार्यक्रकमा कुश्मानगरपालिका वडा न १ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले सांसदको पहल र मेहनतको फल पाङबासीले केहि वर्षमै प्राप्तगर्ने विश्वास ब्यक्त गरे । सडकको झण्डै ३ किलोमिटर सडक चालु आर्थिक वर्षमा नै पक्की बनाउने गरी काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया