मुक्तिनाथले ल्यायाे ‘मेरो पहिलो खाता’ योजना

समाधान संवाददाता २०७६ वैशाख ६ गते १२:३६

समाधान संवाददाता, पोखरा

मुक्तिनाथ विकास बैंकले उपभोक्ता सेवामा नयाँ योजना ल्याएको छ । ‘१ व्यक्ति १ खाता, १ परिवार १ उद्यमी’ नारा अंगिकार गर्दै आएको बैंकले ग्राहकलाई सेवा सुविधा प्रदान गर्न बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित खोलौं बैंक खाता अभियान २०७६’ सफलपार्नको लागिनयाँ बचत योजना“मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।

२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिलाई खाता खोल्दा नै १ सय रुपैयाँ जम्मा गरिदिने छ । १ सय बराबरको रिचार्ज (टपअप) गरिदिने छ । खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निशुल्क सि आस्वा सेवा, निशुल्क अन्तर शाखा कारोबार, निशुल्क मोबाइल बैंकिङ सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटिएमबाट निशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध छन् ।

Advertisement

हालसम्म बैंकले देशैभरी आफ्ना १ सय १४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया