कैलाश बैंक र एनबीआइबीच सम्झौता

समाधान संवाददाता २०७६ वैशाख ६ गते १२:४८

समाधान संवाददाता, पोखरा

कैलाश विकास बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) बीच वित्तीय साक्षरता कार्यक्रममा सम्झौता भएको छ । साक्षरता अभियानलाई प्रभावकारी ढंगले विस्तार गर्न सम्झौता भएको हो । सम्झौतामा बैंकका कर्मचारीलाई विशिष्टिकृत बैंकिङ प्रमाणीकरण (जानवी कोर्स) प्रदान गर्ने विषयमा समेत सहमति भएको छ ।

सम्झौतामा एनबीआइका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र कैलाश विकास बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । देशभर ९५ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको ३४ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले उपभोक्ता हितलाई ध्यान दिँदै थप २ वटा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

Advertisement

अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आएको बैंकले आधारभूत बैंकिङ सेवा, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताको लागि सी–आस्वा सेवा, रेमिट्यान्स सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया