गन्धर्व नाटकघरमा आजदेखि ‘बाकस’ मञ्चन हुने

समाधान संवाददाता २०७६ वैशाख ६ गते १३:०८


समाधान संवाददाता
पोखरा

Advertisement

पोखरा थिएटरको गन्धर्व नाटकघरमा चैत ६ गतदेखि नाटक ‘बाकस’ मञ्चन हुँदैछ । पोखरा थिएटरको छैटौं प्रस्तुतिका रुपमा बाकस वैशाख २१ सम्म मञ्चन हुनेछ । सरुभक्त श्रेष्ठले लेखेको यो नाटकलाई आफैंले निर्देशन गर्दै २५ वर्षपछि नाटक निर्देशनमा देखापरेका छन् । निर्देशनमा श्रेष्ठलाई परिवर्तनले सघाउनेछन् ।

बाकसमा गोविन्दरमण पराजुली, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमिल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीले अभिनय गर्नेछन् । नाटकलाई उत्कृष्ट बनाउन कलाकारले मेहनत गरेका छन् ।

Advertisement

नाटकमा प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतीक घिमिरे लगायतको अभिनय हेर्न पाइनेछ । पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औैं नाटक हुनेछ । बाकसमा राष्ट्रिय परिवर्तनपछि देशको अवस्था चित्रण गरिएको छ । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सो दिउँसो १ बजेसमेत मञ्चन हुनेछ । नाटक हेर्न ३ सय र ५ सयको टिकट लाग्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया