भाषण गरिरहेका भारतीय नेता हार्दिक पटेललाई थप्पड

एजेन्सी, भारत
भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो।
पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हानेका थिए। उनले पटेललाई गाली पनि गरेका थिए।
पटेललाई थप्पड हान्ने ती व्यक्ति को हुन् त्यसका पछि के कारण थियो भन्ने खुलेको छैन।
पटेलले भने आफूमाथि सत्तारूढ भारतीय जनता पार्टीले आक्रमण गरेको बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्-सभा चलिरहँदमा ममाथि भाजपाले आक्रमण गर्यो। मलाई थाहा छ आज थप्पडमात्र हान्ने प्रयास भयो भोलि भाजपाले मलाई गोली हान्नेछ। हामी किसान र यूवाका आवाज उठाउँछौं।
२०१५ मा गुजरातको पतिदार समुदायलाई आरक्षणको माग गर्दै आन्दोलनको नेतृत्व गरेका पटेल गत महिना कंग्रेस प्रवेश गरेका थिए।
पछिल्लो समय उनी प्रतिपक्षी कंग्रेसको चुनावी प्रचारको मुख्य प्रचारक बनेका छन्।
भारतमा अप्रिल ११ देखि लोकसभा चुनाव सुरू भएको छ ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया