रियालिटी शो बिग बोस अब नेपालमा

समाधान संवाददाता २०७६ वैशाख ६ गते १६:३०

समाधान संवाददाता, काठमाडाैं

बिग ब्रदरको फ्रेन्चाइज बिग बोस शो नेपालमा भित्रिएको छ।

नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले बिग बोस नेपालमा भित्र्याउन लागेको हो। यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने कम्पनीले दाबी गरेको छ।

Advertisement

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो। नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै सुरु हुनेछ ।

यस कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्‍याउनु रहेको छ । यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ ।

Advertisement

यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।

तपाईको प्रतिक्रिया