३ विकेट लिएपछि सन्दीपलाई १ लाखको एफबिबि प्लेयर अफ अवार्ड

एजेन्सी
इन्डियन प्रीमियर लीगको १२ औं सीजन अन्तर्गत ३७ औं खेल फिरोजशाह कोटला मैदानमा भयो । उक्त खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच खेल भयो ।
जुन खेलमा दिल्ली क्यापिटलले पन्जावलाई ५ विकेटले पराजित गर्यो । खेलमा श्रेयस अय्यर र शिखर धवनको शानदार ब्याटिङको मद्धतले दिल्ली क्यापिटलले पन्जाव विरुद्ध जित हाँशिल गरेको हो ।
खेलमा जितका लागि दिल्लीका श्रेयस अय्यरले नट आउट ९५८ रन० र शिखर धवनले ९५६ रन० को शानदार ब्याटिङ गरे । त्यस्तै दिल्लीको लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ११ बलमा १३ रन बनाए । त्यस्तै रिशभ पन्तले ७ बलमा ६ रन, कोलिन इन्ग्रामले ९ बलमा १९ रन, अक्षेर पटेलले १ रन र शेरफान रुथफर्डले २ रन जोडे ।
यसरी दिल्लीले २० ओभरको खेल सकिन २ बल बाँकी छंदै कुल १६६ रन जोडेर जित हात पार्यो । दिल्लीको विकेट लिने क्रममा पन्जावका हार्दुस भिलजोइनले २ विकेट र मोहम्मद शमीले १ विकेट लिए । दिल्लीको २ विकेट रन लिने क्रममा गुमाउन पुग्यो ।
खेलमा पहिले ब्याटिङको निम्तो पाएको किंग्स इलाभेन पन्जावले पुरा ओभरमा ८ विकेट गुमाई १६३ रन बनाएको थियो । १६३ रन जोड्ने क्रममा पन्जावका क्रिस गेलले सर्वाधिक ६९ रन जोडे । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरि उक्त रन जोडेका हुन् । उनको आक्रामक पारीलाई नेपालका सन्दिप लामिछानेले अन्त्य गर्दै महत्वपूर्ण विकेट लिए ।
त्यस्तै पन्जावका लागि केएल राहुलले ९ बलमा १२ रन, मयंक अग्रवालले ९ बलमा २ रन, डेभिड मिलरले ५ बलमा ७ रन, मनदीप सिङले २७ बलमा ३० रन जोडे भने साम कुरानले कुनै रन नजोडी ४ बल खपत गरेर आउट भए । खेलमा रविचन्द्र आश्वीनले १४ बलमा १६ रन लिए । त्यसपछि आएका हरप्रीत ब्रर र हार्दुस भीलजोइनले नट आउट रही क्रमश २० र २ रन बनाए ।
पन्जावको ७ विकेट लिने क्रममा दिल्ली क्यापिटलका सन्दिप लामिछानेले ३ विकेट लिए । सन्दीपले केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका हुन् । सन्दिप लामिछानेले ३ महत्वपूर्ण विकेटका बाबजुत महँगो रन दिए उनले आजको खेलमा ४ ओभरमा १२ डट बल खेल्दै ४० रन दिए । त्यस्तै खेलमा कगीसो रवाडाले २ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए ।
खेल पछि कमेन्न्ट्रीबक्समा कमेन्टले सन्दिप लामिछानेलाई आजको पिचमा खेलाउदा रन स्कोर महँगो भए पनि उनले लिएको ३ विकेटको बारेमा जिज्ञाशा राखेपछि कप्तान श्रेयस ऐयरले भने ुउ धेरै कन्फीडेन्ट छ, उसले सिनियर बलर अमित मिश्रसँग पनि धेरै अनुभव सिकिसकेको छ । लामिछाने राम्रो खेलाडी हो ।ु
आजको खेलमा सन्दिप लामिछानेले एफबिबि प्लेयर अफ अवार्ड प्राप्त गरे । उनले आइपीएलको आज सहित खेलेका कुल ८ खेलमा १० विकेट विकेट लिईसकेका छन् भने उनको इकोनोमी रेट ७।७१ रहेको छ ।







भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया