कुश्मा नगरवासीले पाए निशूल्क स्वास्थ्य सेवा

रामकृष्ण लामिछाने
कुश्मा नगरपालिका १३ खौलामा बिरामी जाँच गर्न चिकित्सकलाई भ्याइ नभ्याई थियो । सबै बिरामीका अनुहारमा खुसी देखिन्थ्यो । हिँड्नै सकस हुने बुढ्यौलीले छोएकाहरु पनि लौरो टेक्दै लामो सास फेर्दै बाटो उक्लँदै थिए ।
नव प्रतिबिम्ब युथ क्लबको आयोजना र सिसेफ नेपालका सहकार्यमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा करिब ४ सय ८०जनाको स्वास्थ जाँच गरिएको छ । शिविरमा स्त्रीरोग, मुटु रोग, प्रेसर जाँच, हाडजोर्नी रोग, नशा समस्या भएकाहरु भेटिएका थिए । खौला, ठुलाीपोखरी, कार्कीनेटा, पीपलटार आसपासका स्थानीयले स्वास्थ्य जाँच गरेका हुन् ।
स्वास्थ्य जाँच गर्न आएकी १ महिला बिरामीलाई पर्चा दिदँै कुश्मा नगरपालिकाकी उपमेयरले शिविरको शुभारम्भ गरिन् । उपमेयर सीता काफ्लेले समय समयमा नजिकको स्वास्थ्य केन्द्रमा गई आफनो स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक कामना रेग्मीले शिविरले बजार झर्न नसक्ने, आर्थिक अवस्था कमजोर भएकालाई घर घरमा दिएको स्वास्थ्य जाँचले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । जाँच गरिसकेपछि उपचार सम्भव भए त्यहीँ औषधी उपलब्ध गराइनेछ र सम्भव नदेखिए अस्पताल रिफर गरिने क्लबले जनाएको छ ।
नव प्रतिबिम्ब युथ क्लब खौलाका अध्यक्ष विवेक सुवेदीको अध्यक्षतामा भएको शिविरमा सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठक, क्लबका सल्लाहकार खगेन्द्र सुवेदी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, नेपाली कांग्रेस खौलाका सभापति हर्कबहादुर कार्की, नेकपा खौलाका प्रतिनिधि तिलकबहादुर लामिछाने र क्लबका सचिव सुमन सुवेदीलगायतले बोलेका थिए ।
शिविरमा कुश्मा नगरपालिका स्वास्थ्य शाखा, बाग्लुङ मेडिकल हल, कुश्मा हस्पिटल प्रालिका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया