पाेखरामा ११ गते वीर गोरखा दिवस मनाइने
समाधान संवाददाता
२०७६ वैशाख ८ गते ११:५९

समाधान संवाददाता
पोखरा
संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको आयोजनामा पोखरामा ११ गते वीर गोरखा दिवस मनाइने भएको छ ।
नेपालीले विदेशी भूमिमा देखाएको बहादुरीको कदर गदै ब्रिटिस सरकारबाट भिक्टोरिया क्रसको पाएको दिनमा वीर गोरखा दिवस मनाइने महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापाले जानकारी दिए ।
पोखराका विभिन्न ठाउँबाट जम्मा भएर ११ गते झाकी र्यालीसहित अमरसिंह माविको खेल मैदानमा कार्यक्रम गरिने बताइएको छ । सो अवसरमा खुकुरी नाच, स्मारिका बिमोचन, कलाकारको प्रस्तुति लगायतका कार्यक्रम हुनेछन् ।
यसअघि बुटवल, धरान लगायतका सहरमा बिग गोरखा दिवस मनाइँदै आएको थियो । समारोहमा भारत, बेलायत लगायत नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया