हेमजा साहित्य प्रतिष्ठानमा प्रशिक्षण

समाधान संवाददाता, पोखरा
राष्ट्रिय छन्द दिवसको सन्दर्भ पारी हेमजा साहित्य प्रतिष्ठानले प्रशिक्षण दिएको छ । कविता प्रतियोगिता तथा १९२ ओैं शुभप्रभात काव्यमाला पनि समापन गरिएको छ ।
कार्यक्रम समापनका अवसरमा महाकाव्यकार माधव वियोगीले मानिसको अंग अंगमा छन्द भएको बताए । त्यस्तै छन्द भनेको लय भएको उल्लेख गर्दै छन्द बचाउनुपर्नेमा जोड दिए । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक छन्दमणि त्रिपाठी, सचिव वसन्त बास्तोला, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन पौडेल, पोखरा २५ का अध्यक्ष शोभाखर तिमिल्सिना, गीताञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद गौतम, प्रशिक्षक शिव त्रिपाठी, गोविन्द पराजुली र सञ्चारकर्मी गोविन्द तिमिल्सिनाले आफनो भनाइ राखेका थिए ।
कार्यक्रममा रुस्तम कुँवर, आर्या त्रिपाठी, गोविन्द पराजुली, विष्णु पराजुली, सर्वज्ञमान श्रेष्ठ, डा. अनील थापा र डण्डीराज ज्ञवालीले आफ्नो रचना वाचन गरे ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया