मगर चलचित्रकर्मी संघ कास्कीमा राहुल

समाधान संवाददाता २०७६ वैशाख ८ गते १४:१९

समाधान संवाददाता
पोखरा

मगर चलचित्रकर्मी संघ नेपाल कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राहुल थापामगर सर्वसम्मत भएका छन् । यसअघि, थापामगर तदर्थ समितिको अध्यक्ष थिए ।

शनिबार पोखरामा भएको जिल्ला अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा आशीष पुनमगर, सहसचिवमा अशोक आलेमगर, कोषाध्यक्षमा प्रिया थापामगर र सहकोषाध्यक्षमा कुमारी पुनमगर चयन भए । सदस्यमा स्नेहा पुनमगर, समीक्षा रानामगर, विमल थापामगर, किरण पुनमगर, सृष्टि थापामगर, शीतल रानामगर र गोमा थापामगर छन् ।

Advertisement

मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष युवराज मास्कीमगरले मगर चलचित्रको विकासका लागि ढिला नगरी अघि बढ्ने बेला आएको बताए । मगरपनको मगर चलचित्र निर्माण गर्न संघले देशव्यापी अभियान चलाइरहेको भन्दै अध्यक्ष मास्कीमगरले संगठन विस्तारसँगै तालिम र प्रशिक्षणलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

संघका केन्द्रीय सल्लाहकार राज थापामगरले मगर चलचित्रको विकासका लागि दक्ष प्राविधिकसँगै कलाकारको पनि उत्तिकै जरुरत रहेको बताए । कार्यक्रममा नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगर र नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश रोकामगरले अझै पनि मगर समुदायले खोजेजस्तो मगर चलचित्र निर्माण हुन नसकेको बताए ।

Advertisement

नवनिर्वाचित मगर चलचित्रकर्मी संघ नेपाल, कास्की जिल्ला कार्यसमितिले संघका केन्द्रीय पदाधिकारीसँग मगर चलचित्रको विकासका लागि कसरी अघि बढ्न सकिन्छ भनी अन्तक्र्रियासमेत गरेको छ ।

तपाईको प्रतिक्रिया