नाटकघरमा खोलियो ‘बाकस’

समाधान संवाददाता
पोखरा
पोखरास्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ नाटक मञ्चन सुरु भएको छ । पोखरा थिएटरको छैटौं प्रस्तुति ‘बाकस’ वैशाख २१ सम्म निरन्तर मञ्चन गरिनेछ । शुक्रबार पहिलो दिनमा १ सो तथा शनिबार २ सो मञ्चन गरिएको नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । नाटक सरुभक्त श्रेष्ठले लेखेका हुन् । निर्देशन पनि उनैले गरेका छन्, परिवर्तनले निर्देशनमा सघाएका छन् ।
‘बाकस’ मा परिवर्तन, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीले अभिनय गरेका छन् ।
यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतीक घिमिरे आदिको अभिनय हेर्न सकिनेछ । पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भए पछि मञ्चन भएको यो ३० औँ नाटक हो । नाटक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन गरिनेछ । नाटक हेर्न ३ सय र ५ सयको टिकट लिनुपर्ने थिएटर सञ्चालक मध्येका १ दिलप्रसाद गुरुङले बताए ।
तपाईको प्रतिक्रिया