नेकपाले टुंग्यायाे ७७ जिल्ला अध्यक्षकाे नाम, सार्वजनिक गर्न बाँकी

समाधान संवाददाता २०७६ वैशाख ९ गते ९:२२

समाधान सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Advertisement
बैठकका निर्णयबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ

‘लामो समयदेखि सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन नसकेकोमा आजको बैठकले ७७ जिल्लाको जिल्ला कमिटीहरूको अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ। त्यो भोलि सार्वजनिक गरिने छ,’ उनले भने, ‘र छिट्टै केही दिन भित्रैमा पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ।’

Advertisement

बैठककले केन्द्रीय कमिटीको एक तिहाई सदस्य रहेको पोलिटब्युरो गठन गर्ने निर्णय गरेको छ। विधानमा पोलिटब्युरोको व्यवस्था भएपनि गठन नगरिएको प्रति स्थायी समिति सदस्यहरु असन्तुष्ट थिए। पोलिटब्युरो सदस्यहरुलाई जिल्ला इन्चार्ज तोक्ने तयारी नेकपाको छ। ‘भोली एकता घोषणा भए लगत्तै मंगलबार बिहान सचिवालय बैठक बसेर पोलिटब्युरो सदस्यहरुको निर्णय हुन्छ’, नेकपाका एक नेताले सेतोपाटीलाई भने। 

साविकको एमाले भित्रको माधव नेपाल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्षको विवादका कारण नेकपाले जिल्ला नेतृत्व टुङ्ग्याउन सकेको थिएन। ‘आफ्नो पक्षमा परेका र निर्वाचित अध्यक्ष रहेका ठाउँमा सोही व्यक्तिलाई जिम्मेवारी दिइएको छ’, ती नेताले सेतोपाटीलाई भने, ‘अध्यक्ष आफ्नो पक्षमा नपरेको ठाउँमा सचिवको जिम्मेवारी लिन चाहे दिने गरि निर्णय भएको छ।’

नेकपाका बरिष्ठ नेता मावधकुमार नेपाल र महासचिव विष्णु पौडेलले दिनभर बालुवाटार बसेर जिल्ला कमिटीको नेतृत्व बाँडफाँड गरेका थिए। सचिवालय बैठकमा पेश गर्नु अघि सुचीबारे दुई अध्यक्षले छलफल गरेका थिए।  

यस्तै आजको बैठकले २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भोलि प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया