न्युरोडमा अमेरिकन प्रविधिको लाइभ आइसक्रिम पार्लर

समाधान संवाददाता २०७६ वैशाख ९ गते ९:३०

समाधान सम्वाददाता

अमेरिकन प्रविधिमा लाइभ आइसक्रिमको पार्लर पोखरामा सञ्चालनमा आएको छ । पोखराको न्युराेडस्थित भाटभटेनीको अगाडि लाइभ आइसक्रिम पार्लर सञ्चालनमा आएको हो ।

पोखराका व्यवसायी चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाले संयुक्त लगानीमा आइसक्रिम पार्लर खोलेका हुन् । लाइभ आइसक्रिम १ मिनेटमा तयार हुने सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्,’ उनले भने ।

Advertisement

यो प्रविधिबाट काठमाडौंका विभिन्न स्थानमा आइसक्रिम पार्लर सञ्चालन भइसकेका छन् । काठमाडौंको सफलतापछि यो प्रविधिलाई पोखरा भित्र्याइएको सञ्चालक चिन्तामणि बास्तोलाले बताए । ‘अन्य आइसक्रिम भन्दा यसको स्वाद निकै फरक छ,’ उनले भने, ‘लाइभ आइसक्रिम भएकाले अन्य आइसक्रिमको तुलनामा ताजा हुन्छ ।’

१ करोड रुपैयाँभन्दा बढी लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हो । आइसक्रिम ११ वटा विभिन्न फ्लेबरमा पाइनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया