मुस्ताङ्गका सांसद भन्छन–कोराला नाकामा संरचना बनाऊ

समाधान संवाददाता २०७६ वैशाख ९ गते ११:१८

इन्द्रधारा बिष्ट

हाम्रो गण्डकी प्रदेशको समृद्धि ढोका अर्थात कोराला नाका यस विषयमा केही दिन अगाडिमात्र संघीय सरकारबाट निर्णय भइ नाकामा आवश्यक कार्यालयलाई जग्गा प्राप्तिका लागि निर्देशनसहित प्रमुख जिल्ला अधिकारीको समितिसमेत गठन हुने भन्ने कुरा आधिकारिक रुपमा सुनिन्छ । म त्यस क्षेत्रको निर्वाचित प्रदेश सभाका सदस्य भएको कारण यो ऐतिहासिक निर्णयलाई सभामुखज्यूमार्फत संघीय सरकारलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

हाम्रो देशमा धेरै विकास पूर्वाधार निर्माण योजनाबद्ध रुपमा निर्माण हुन नसकेको पहिला कालोपत्रे त्यसपछि पाइप गाड्ने चलन नभएको पनि होइन । त्यसकारण कोराला नाकाको सुरुआत चरणमा हामी छौं ।

Advertisement

सीमा स्तम्भ २१ देखि २६ सम्मको १० गजा छोडी हाम्रो क्षेत्रमा कम्तीमा पनि ५०÷६० हजार रोपनी जग्गा समथर जमीन र पर्याप्त पानीको स्रोतसमेत रहेको अवगत गराउँछु । त्यसकारण सभामुखज्यूमार्फत संघीय सरकार, प्रदेश सरकार र सरोकारवालालाई यो अनुरोध तथा ध्यान आकर्षण गराउँछु कि जति सक्दो चाँडो नाका विषयक विशेषज्ञ टोलीलाई कोराला नाका पठाइ गुरुयोजना तयार गरी ‘समृद्धि निकास दीगो विकास’ लाई मध्येनजर राखी अरु कामहरु अघि बढाउन अनुरोध गर्दछु ।

यो गरिमामय सदनलाई सम्मान गर्दै सभामुखज्यु र प्रदेश सभा सचिवालयलाई यो अनुरोध गर्दछु कि हाम्रो प्रदेश सभाको सदन चलिरहेको समयमा कुनै न कुनै मिडियाबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइयोस् कि हाम्रो प्रदेशवासीले यस गरिमामय सदनको काम–कारवाहीहरु प्रत्यक्ष हेर्ने अवसर मिलोस् ।

Advertisement

हाम्रो प्रदेश सभाको पनि थप गरिमा बढ्ने महसुस गर्दै यो व्यवस्था गरियोस् भनी अनुरोध गर्दछु । गण्डकी प्रदेश सभा सदस्य विष्टले प्रदेश सभाको २०७६ वैशाख ८ गते विशेष समयमा राखेको मन्तव्य ।

तपाईको प्रतिक्रिया