नेकपा कास्कीको नेतृत्व नपाएपछि बैरागीको टिप्पणी– कोहीको घरमा कुकुरलाई मासुभात, कोहीको घरमा सधैंको रुवाबास

समाधान संवाददाता २०७६ वैशाख ९ गते १६:२६

समाधान सम्वाददाता

नेकपाको जिल्ला नेतृत्व घोषणा गरिएपछि आकांक्षीहरुमा असन्तुष्टी देखिन थालेको छ । कास्की जिल्लाको नेतृत्व पाउने आशामा बसेका नेता दामोदर बैरागीले फेसबुकमा स्टाटस लेखेर व्यङ्ग्यात्मक शैलीमा असन्तुष्टी पोखेका छन् । उनले पाँच वटा गित पोष्ट गरेका छन् ।

यस अघि कास्कीले नामावली केन्द्रमा पठाउदा बैरागी सर्बसम्मत रुपमा जिल्ला अध्यक्षमा सिफारिस भएका थिए । अहिले अध्यक्षको जिम्मेबारी पाएका कृष्ण थापा नै उनको प्रस्तावक थिए । तर केन्द्रिय नेतृत्वले जिल्लाको सिफारिस परितर्वन गरिदियो । उनले अहिलेका मन्त्री र सांसदहरुको रुवाबासीका कारण मापदण्ड परिवर्तन भएको बताएका छन् । फेसबुकमा बैरागीले लेखेको स्टाटस जस्ताको तस्तै–

Advertisement

नेपाल कम्युनिस्ट पार्टीको एकता पछि कमिटी एकीकृत गर्न बनेका मापदण्ड र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसदहरूको रुवावासी सुन्दा र अहिले कमिटी घोषणा गर्ने बेला बनेका मापदण्ड हेर्दा पाँच टुक्रा पुराना गितको आयो हजुर ।


१ फाटेको जालले छेकेको, छेके पनि छर्लङ्ग देखेको, हेर गाउँले हो ।

Advertisement

२ कोहिलाइ भने धनमाथी धनको राश, कोहिको भने घरवासै उठिबास, हाम्रो नेपालमा ।
३ कोही त भने जहाजमा हररर, कोहीको भने पसिना तररर हाम्रो नेपालमा
४ कोहीको घरमा कुकुरलाई मासुभात, कोहीको घरमा सधैंको रुवावास हाम्रो नेपालमा ।
५ हिडें म त काले कि आमा गरिबको सु दीन फिराउन,रुञ्चे मुख नलगाउ तिमी हिड बरु जनतालाइ बिँउझाउन ।

तपाईको प्रतिक्रिया