सोमबार रातीदेखि दिल्ली शीर्ष स्थानमा

समाधान संवाददाता २०७६ वैशाख १० गते ९:०१

एजेन्सी

दिल्ली क्यापिटल्स ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा राजस्थान रोएल्सबिरुद्ध ६ विकेटको सनशनीपूर्ण जित निकाल्दै दिल्ली जारी सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ । समान अंक भएपनि चेन्नई सुपर किङ्स रन रेटमा पछि परेको हो यद्यपि चेन्नईले एक खेल कम खेलेको छ । हारपछि मात्र ६ अंक भएको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

Advertisement

राजस्थानले दिएको १ सय ९२ रनको उच्च लक्ष्य दिल्लीले ४ बल बाँकी छदै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा रिसब पन्तले ३६ बलमा ७८ रनको बिष्फोटक पारी खेले । ओपनर शिखर धवनले ५४ र पृथ्वी शले ४२ रन जोड्दै दिल्लीलाई जित उन्मुख सुरुवात दिलाएका थिए ।

यसअघि जयपुरमा पहिले व्याटिङ गरेको घरेलु टोली राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । क्याप्टेनबँट हटेपछि पहिलो पटक मैदान उत्रिएका अजन्क्या रहाणे १ सय ५ रनमा नटआउट रहे भने क्याप्टेन स्टेभन स्मिथले ५० रन बनाए ।

Advertisement

आईपीएलमा आज चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । जितले चेन्नईलाई फेरि शीर्ष स्थानमा पु¥याउने छ भने चेन्नई पराजित भए हैदरावाद तेस्रो स्थानमा उक्लने छ ।

तपाईको प्रतिक्रिया