दक्ष स्वास्थ्यकर्मी नहुँदा गर्भपतन गर्नेलाई समस्या

समाधान संवाददाता २०७६ वैशाख १० गते १२:११

रामकृष्ण लामिछाने
पर्वत

महाशिला गाउँपालिकास्थित लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा छ । उक्त केन्द्रमा गर्भपतन सेवा लिन आउने सेवाग्राहीलाई दक्ष महिला स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ ।

‘पहिला चिकित्सकको अभाव थिएन,’ केन्द्र सह–इन्चार्ज राजन चौलागाईले भने, ‘यहाँका नर्सलाई आवश्यक तालिम दिएर खटाउनुपर्छ ।’ व्यवस्थापन समितिसँग यसको बारेमा छलफल भएको छ । तर, यहाँका स्वास्थ्यकर्मीलाई गर्भपतन सेवामा खटाउँदा अन्य काम प्रभावित हुने हुँदा स्टाफ नर्सको दरबन्दी थप्नुपर्ने उनको भनाइ छ ।

Advertisement

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सर सेवा, ल्याब सेवा, मुट जाँच गर्ने इको सेवा, दन्त सेवा सञ्चालनमा छन् । एम्बुलेन्स सेवा हालै सुरु गरिएको छ ।

स्वास्थ्य केन्द्रमा सेवा थप्ने योजना बनाइरहेको वडाध्यक्ष जीवनविक्रम उचैले बताए । उनले भने,‘यसमा अन्य सेवाहरु थप्दै जाने योजनामा गाउँपालिका पनि लागेको छ । केन्द्रका सेवाहरु सन्तोषजनक रहेको उनले दाबी गरेका छन् ।

Advertisement

स्वास्थ्य केन्द्रमा उपचारमा आउनेलाई उपचार गर्न अन्यत्र जानुपर्ने भए रिफर गर्ने व्यवस्थासमेत छ । केन्द्रमा स्थापना अक्षयकोषको ब्याजमार्फत निशुल्क एम्बुलेन्स सेवा दिएको छ । केन्द्रमा २४ सैं घन्टा सेवा प्रदान भएको छ । प्राकृतिक हिसाबले चिसो ठाउँमा स्वास्थ्य केन्द्र भएकाले सुगरका रोगीलाई आयुर्वेदिक सेवा पनि दिएको छ ।

तपाईको प्रतिक्रिया