ज्ञानुबाबा माविद्वारा नन्दकुमारी सम्मानित

समाधान संवाददाता २०७६ वैशाख १० गते १४:१९

समाधान संवाददाता, पोखरा

पोखरा–२ मिरुवा अवस्थित ज्ञानुबाबा आमाविले समाजसेवी नन्दकुमारी गुरुङलाई सम्मान गरेको छ । विश्व हिन्दु महासंघ कास्कीकी पूर्वअध्यक्ष तमु धि कास्कीकी सल्लाहकार, एनआरएन युकेकी सल्लाहकार, पूर्व जिपस सदस्य कास्की तथा थुप्रै संघ संस्थाहरुमा आवद्ध गुरुङ ज्ञानुबाबा माविकी व्यवस्थापन समितिकी सदस्य छिन् ।

विद्यालयलाई स्थापनकालीन समयदेखि अनवरत रुपमा आर्थिक भौतिक शैक्षिक तथा विविध पक्षमा महत्वपूर्ण सहयोग पुु¥याएकोमा धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गुरुङज्युले खादा र दोसल्ला ओढाएर सम्मान गरे ।

Advertisement

त्यस अवसरमा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङले समाजसेवी नन्दकुमारी गुरुङ विद्यालयको एक सच्चा अभिभावक सफल र आदर्श आमा भएकाले समाजले धेरै कुरा सिक्ने विचार राखिन् । कार्यक्रममा सम्मानित समाजसेवी गुरुङले विद्यालयको सफलतामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उक्त कार्यक्रमको सञ्चालन विद्यालय संयोजक बाबुराम सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया