प्रधानमन्त्री ज्यू ! प्वाल त आजै खोलिएछ !!

समाधान संवाददाता २०७६ वैशाख १० गते १९:१४
Gold bars

समाधान सम्वाददाता

प्रधानमन्त्री केपी ओलीले सोमबार बढो घमण्डका साथ घोषणा गरेका थिए– सुन तस्करीका सबै प्वाल टालिदिए । त्यसको भोली पल्टै मंगलबार प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

राजधानीमा आयोजित नेकपाको जिल्ला कमिटी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुन तस्कर समाउन नसके पनि तस्करी ठप्पै पारेको दावी गरेका थिए । त्यसको भोली पल्टै केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले बताएका छन ।

Advertisement

मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले डिएसपीले जानकारी दिएका छन् । सो सुन चिनको नाकाबाट जाँच पास गरेरै ल्याइएको थियो ।

यो घटनाले प्रधानमन्त्रीको सम्बोधनलाई खिल्ली उडाउने समुहलाई अर्को मुद्दा हात लागेको छ । अहिले उनीहरु सामाजिक सञ्जालमा लेख्न थालेका छन्– प्रधानमन्त्री ज्यू ! प्वाल त आजै खोलिएछ !!

Advertisement

तपाईको प्रतिक्रिया