४ वर्ष पुग्नैलाग्दा एकाबिहानै २ भूकम्पकाे धक्का

समाधान संवाददाता २०७६ वैशाख ११ गते ८:५४

समाधान सम्वाददाता

बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्।

Advertisement

१२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे हो।

Advertisement

वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।

तपाईको प्रतिक्रिया