विवादपछि मध्यरातमा छुटेकाे बस साहुखर्कमा दुर्घटना, ७ काे मृत्यु, २८ गम्भीर

समाधान संवाददाता २०७६ वैशाख ११ गते ९:००
The imaginary basketball arena is modelled and rendered.

समाधान, डडेलधुरा

धनगढीको अतरियाबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान डडेलधुरामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले दिएको जानकारी अनुसार सो घटनामा २८ जना गम्भिर घाइते भएको बताएका छन्। उनका अनुसार घाइतेहरूको डडेलधुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

अवस्थीका अनुसार बसमा कति यात्री सवार थिए भन्ने एकिन जानकारी आइनसकेपनि करिब ४०-४२ जना सवार भएको अनुमान गरिएको छ। अझे केहि घाइतेलाई उद्धार गरेर ल्याउँदै गरेको उनले बताए।

ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा परेको हो। घटनामा निधन भएकाहरूको सनाखत हुन सकेको अवस्थीले जनाएका छन्।

Advertisement

त्यसथै उनका अनुसार के कारणले दुर्घटना भएको भन्न एकिन हुन नसकेपनि धनगढीबाट बस छुट्नुअघि चालक र गाडी साहुबीच सामान हाल्ने विषयमा विवाद भएपछि ९-१० बजे छुट्नुपर्नेबस राती अबेर १२ बजेमात्र गुडेको बुझ्नमा आएको उनले बताए।

सडकको अवस्था राम्रो नै रहेकाले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आफूहरूको प्रारम्भिक अनुमान भएको उनको भनाइ छ। उद्धारका लागि गएको प्रहरी टोली फर्किएपछि विस्तृत जानकारी आउने उनले बताए।

घटना बिहान ४ साढे ४ बजेतीर भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया